नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११, कुल संक्रमित संख्या २९१२ पुगे

शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण

Corona khop uk

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट ११ जनाको मृत्यु भएको छ। शुक्रबार थप एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

बिहीबार सुर्खेतको पञ्चपुरी नगरपालिकाका २८ वर्षीय पुरुषको मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको उनले बताए।

जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए। घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यो सँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...