थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

Corona test logo

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितहरु बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका छन्।

१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्।

गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ भने नेपालभर कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ।

नेपालमा बुधबार मात्रै थप २०१ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् ।

यस्तै १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...