कोरोना संक्रमण फ्रान्सको कोलमार सहरबाट फैलिएको खुल्यो यस्तो रहस्य (रिपोर्टसहित)

Schmitt michel dr point de vue

काठमाडौं । हालसम्म कोराना भाइरस डिसेम्बर अन्तिम साता चीनबाट फैलिएको भनिदै आएको छ । युरोपको पहिलो कोरोना संक्रमित १६ नोभेम्बर सन् २०१९ मा फ्रान्सको कोलमार सहरमा भएको फ्रान्सका वैज्ञानिक र चिकित्सकले दावी गरेका छन् ।

फ्रान्सका वैज्ञानिक र चिकित्सकसहितको टोलीले युरोपमा पहिलो कोरोना भाइरसको संक्रमण जनवरीमा नभएको दावी गर्दै त्यो भन्दा दुई महिना पहिल्यै भएको निष्कर्ष निकालेको छ । त्यो समयमा चिकित्सकले कोरोना भाइरस संक्रमितको लक्षणका बारेमा जानकारी नपाएकाले ढिलोगरी संक्रमित फेला परेको अनुसन्धानको निष्कर्ष छ ।

फ्रान्सका चिकित्सकले युरोपको पहिलो कोरोना संक्रमित १६ नोभेम्बर सन् २०१९ मा फ्रान्सको कोलमार सहरमा भएको बताएका छन् । फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो सहरको एक अस्पतालमा नोभेम्बरदेखि डिसेम्बरसम्म फ्लूको लक्षण भएका २ हजार ५ सय जना व्यक्ति उपचारका लागि आएका थिए ।

Ivor Goodbody@IvorGoodbody
  

"French researchers have identified two X-rays from November showing symptoms consistent with . If confirmed, this is evidence the was spreading in Europe 2 months before France declared its first case & before China recognised " https://www.nbcnews.com/news/world/new-evidence-race-find-france-s-covid-19-patient-zero-n1207871?utm_source=fark&utm_medium=website&utm_content=link&ICID=ref_fark 

New evidence in race to find France’s COVID-19 'patient zero'

“We can only manage the future if we understand the past,” Dr. Michel Schmitt explained.

nbcnews.com
 कोलमारको अलबर्ट अस्पतालका डा. मिचेल स्मिथ र उनको टोलीको अध्ययनमा संलग्न वैज्ञानिक र चिकित्सकले चीनबाट कोरोना भाइरसको संक्रमण नभएको दावी गरेका छन् । उनीहरुले नोभेम्बरमै युरोपमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको दावी गरेका छन् । यसअघि फ्रान्सले जनवरी २४ मा कोरोना भाइरसको संक्रमण भएको जनाएको थियो ।

डा.स्मिथले अहिलेसम्मको अध्ययनले १६ नोभेम्बर सन् २०१९ मा फ्रान्समा कोरोना संक्रमण लिएर दुईजना बिरामी अस्पताल आएको बताए । उनले भने, 'हामीले भविष्यलाई सुधार गर्न सक्छौँ । इतिहासले भविष्य निर्धारणमा अर्थ राख्छ । हामीले अहिलेसम्म कहाँबाट फैलियो भन्ने पत्ता लगाउनु पर्छ । हामीसँग दुईजना बिरामी सन् २०१९ को नोभेम्बरमा कोरोना भाइरसको संक्रमण लिएर आएका पुष्टि भएको छ । हामीले उनीहरुका एक्सरेसहितका सबै रिपोर्टको गम्भीर अध्ययन गर्यौँ ।'

अमेरिकाको वासिंङ्टन विश्वविद्यालयका पल्मोनोलोजिष्ट डा. विन गुप्ताले आफूले डा. मिचेलको रिपोर्ट सबै पढेको र उक्त रिपोर्ट सत्य भएको बताए । उनी भन्छन्, 'डा. मिचेलसँग प्रमाण पनि छ । उनको लेखाइ सिलसिलेवार छ । यो सत्य पनि हो । चीन भन्दा पहिले नै कोरोना भाइरसको संक्रमण अन्य ठाउँमा भएको हुनसक्छ । यी प्रमाणले त्यहीँ भन्छ ।'

चिकित्सकहरुले ती सबैको एक्सरे रिपोर्ट र प्रयोगशाला परीक्षणका अन्य रिपोर्ट फेरि एक पटक अध्ययन गरेका छन् । सबै प्रकारको अध्ययनबाट फ्रान्समा नोभेम्बरमै कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरिएको छ । त्यो समयमा कोरोना भाइरसको बारेमा चिकित्सकले पहिचान र शंका पनि नगरेको अध्ययनको निष्कर्ष छ । उनीहरुका सबै गतिविधि र रिपोर्टलाई अध्ययन गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिएको छ । चीन सरकारले ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको थियो । तर संक्रमण ७ जनवरी २०२० देखि मात्र ह्वात्तै बढेको थियो ।


Paul Heavey@PaulHeavey5
 

So, how many cases were tested for Covid19?

Iain Kewley@IainKewley
 

None as in November no-one knew of covid outside of a few in China. However some Peel folk were tested for influenza virology & shown to have it. It is possible covid was here but influenza certainly was.

अमेरिकी खुफिया एजेन्सीले चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण नोभेम्वरको अन्तिममा फैलिएको दावी गरेको थियो । डा. स्मिथ भन्छन्, 'सबैभन्दा पहिले पहिलो बिरामी पत्ता लगाउनुपर्छ । त्यसपछि बिरामी फैलिने गति, रोगको प्रभाव तथा अध्ययनमा सजिलो हुन्छ । त्यसविरुद्धको भ्याक्सिन बनाउन पनि यसले ठूलो सहयोग गर्छ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...