सोमबार एकै दिन २२६ जनामा संक्रमण, नेपालमा १७९८ जनामा संक्रमण पुष्टि

Corona update

काठमाडौं । कोरोना भाइरसको संक्रमण सोमबार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म नेपालमा १ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बताए ।

नयाँ संक्रमितमा झापाका २ जना, दैलेखका ५८ जना, नवलपरासी पूर्वका ३ जना, जुम्लाका १९ जना, सुर्खेतका ५ जना, कपिलबस्तुका ४० जना, सल्यानका १० जना, रौतहटका १८ जना, बाँकेका ७ जना र धनुषाका ७ जना रहेका छन् ।

त्यस्तै दाङका ९ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५, उदयपुरका १ जना, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ । जसमा अधिकांश दैलेखका रहेका छन् ।

प्रदेश अस्पतालमा पशुपंक्षी अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...