कोभिड अस्पतालमा उपचाररत स्याङ्जाका ५१ वर्षीय एक पुरुषको मृत्यु

Corona test logo

पोखरा । कास्कीको कोभिड अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । दुई हप्ताअघि भारतबाट आएका उनी ज्वरो आएपछि प्रतिष्ठानमा उपचारका लागि पुगेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (कोभिड अस्पताल) मा उपचारका क्रममा स्याङ्जा फेदीखोलाका ५१ वर्षीय एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि प्रतिष्ठानले फेरि एक पटक मृतकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आर्चायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस