फेरि ५१ जनामा कोरोना संक्रमण, संक्रमितको १६१८ पुग्यो

Corona update

काठमाडौं । नेपालमा ५१ जना कोरोनाका बिरामी थपिएका छन् । योसँगै नेपालमा १६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नवलपरासी पूर्वमा संक्रमितको संख्या ८ पुगेको छ भने गण्डकी प्रदेशमा २७ पुगेको छ ।

कावासोती घर भई त्यहीँको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षीय पुरुष तथा विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमणका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमितहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको पनि निर्देशक शर्माले जानकारी दिए ।

आइतबार मात्रै नेपालमा १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।

२ सय २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ८ जनाको भने ज्यान गएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...