धनकुटावासीलाई खुसीको खबर, धनकुटामै कोरोना परिक्षण ल्याब सञ्चालनमा आउँदै

Rajendra rai 18

धनकुटा । देशभर कोरोना संक्रमण बढिरहेका बेला सरकारले कोरोना परिक्षणको दायरा पनि बढाइरहेको छ । तर जनशक्तिको अभावमा कारोना परिक्षणको दर एकदम न्युन छ ।

यसैक्रममा धनकुटामा पिसिआर परिक्षण ल्याब सञ्चालन गरिने भएको छ । हाल प्रदेश नं. १ मा विराटनगर र धरानमा मात्रै पिसिआर परिक्षण हुँदै आएको छ ।

प्रदेश नं. १ को पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा गरी ४ जिल्लामा कोरोना संक्रमण परिक्षण गराउन सहज बनाउने गरी धनकुटामा पिसिआर परिक्षण ल्याव सञ्चालनमा ल्याउन लागिएको हो ।

धनकुटामा पिसिआर परिक्षण ल्याव सञ्चालनका लागि धनकुटाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित सरकारसँग समन्वय गरेका थिए । सांसद राईको पहलमा धनकुटामा कोरोना परिक्षण ल्याव सञ्चालनमा आउन लागेको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रियाको थालनी गरिरहेको सांसद राईले बताए ।

धनकुटामा कोरोना परिक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आएपछि प्रदेश नं. १ का ४ वटा जिल्लाका लागि कोरोना परिक्षणमा सहज हुनेछ । हालसम्म धनकुटा, भोजपुर र संखुवासभामा कोरोना संक्रमण देखिएको छ ।

यता, सांसद राईले एकसाताअघि मात्रै धनकुटामा कोरोना संक्रमण बढ्दै गएपछि साढे ६ लाख रुपैयाँ बराबारको औषधि जिल्ला पठाएका थिए । जिल्लाको सो अभावलाई टार्न सांसद राईले १० दिनअघि भिटिएम (प्याकिङ मेटेरियलसहित) ५ सय थान, गान ५० थान, फेस सिल्ड १० पिस, एन ९५ मास्क १ सय थान, सर्जिकल क्याप ५० थान धनकुटा पठाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...