नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो

Corona update

काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार अहिले सम्मकै उच्च देखिएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

आइतबार मात्रै १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६२ जना पुरुष छन् भने ४ जना महिला छन् ।

नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दैलेख र बाजुरामा दुईजनाले कोरोना भाइरसबाट ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार काठमाडौं, गुल्मी र डडेलधुरामा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको छ ।

प्रदेश नं. १ मा १६५ जना, प्रदेश दुईमा ६ सय २४, वागमति प्रदेशमा ५४, गण्डकी प्रदेशमा २३, प्रदेश नं. ५ मा ५६०, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा २७ जना कुल १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...