तनहुँमा पहिलो पटक कोटियो कोरोना संक्रमण, स्याङ्जामा थप २ जनामा संक्रमण पुष्टि

Corona update

पोखरा । गण्डकी प्रदेशको तनहुँमा पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । आइतरबार तनहुँ र स्याङ्जामा गरी ३ जनामा कारोना संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना संक्रमित भेटिएका थिए ।

बागलुङमा ८, स्याङजामा ७, पूर्वी नवलपरासीमा ६ र म्याग्दी, तनहुँ र लमजुङका एकएक जनामा कोरोना संक्रमण भेटिएको हो । पूर्वी नवलपरासीका ६ जनाको चितवनमा उपचार भइरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भइ सोही ठाउँमा क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए ।

यसैबीच बागलुङका १९ र ६५ वर्षका दुई महिला र लमजुङका ३ वर्षीय बालक भने उपचारपछि निको भएर घर फर्किएका छन । संक्रमितमा लमजुङका एक बालकबाहेक सबै भारतलगायत विदेशबाट आएकाहरु हुन् ।

उनीहरु जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समूहमा स्याङजामा आएको टोलीमध्येका हुन् । यसअघि उनीहरुकै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस