रुकुम ‘हत्याकाण्ड’ : सोतीमा वेपत्ता भएका गोविन्द शाही अझैं बेपत्ता, खोजी कार्य जारी
जाजरकोट । रुकुम घटनामा परी बेपत्ता भएकामध्ये एक जना एक सातासम्म पनि अझैं बेपत्ता छन् ।
जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन गएको बेला सिंगो गाउले मिलेर आक्रमण गरेका थिए । सो क्रममा बेपत्ता भएकामध्ये बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको खोजी कार्य तीव्र बनाइए पनि उनको भेटिएको छैन ।
सो घटनामा परी बेपत्ता भएकामध्ये नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, टिकाराम सुनार र सञ्जु विकको यसअघि नै भेटिएको थियो ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती घटनामा मारिएका नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र टिकाराम सुनारको ४ जनाको दाहसंस्कार गरिएको छ । सञ्जु विकको भने शुक्रबार मात्रै शव भेटिएको थियो ।
शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्वरवहादुर मल्लसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरी दिकामध्ये अन्य दुई जना भने अझैं फरार छन् ।
यसअघिको समाचारमा गोविन्द शाहीको भने एकसातापछि सुर्खेतमा शव भेटिएको भन्ने समाचारमा भुलवस गल्ती भएकाले सच्याइको छ ।
प्रतिकृया दिनुहोस