संखुवासभामा देखियो संक्रमण, १८९ जनामा संक्रमण देखिँदा नेपालमा पुुग्यो १४०१ जना

Corona update


काठमाडौं । आज नेपालमा एकै दिन १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

पहिलोपटक पूर्वी नेपालको संखुवासभाका पनि कोरोना संक्रमण देखिएको छ । संखुवासभामा आज २ जनामा कोरोना संक्रमण देखिएको छ ।

जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बस्दै आएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा दुवैमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि धनकुटा, भोजपुर र खोटाङमा पनि संक्रमित पाइएको थियो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय र पाँचखपन नगरपालिका-१ का २२ वर्षीय पुरुष रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले विभिन्न जिल्लामा १८९ जना थपिएसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको जानकारी दिए ।

अन्य संक्रमितमा धनुषाका ७, झापाका १, ललितपुरका १, महोत्तरीका ४, सर्लाहीका १७, रौतहटका ४, सिरहाका ११, सप्तरीका ९, दाङका ५, बाराका १, पर्साका २, दैलेखका १४ र संखुवासभाका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सबैभन्दा बढी कपिलवस्तुमा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । नयाँ ७७ जनासहित देशभरमा सबैभन्दा धेरै कपिलबस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको महाराजगंज नगरपालिकामा १६ देखि ४५ सम्मका ३३ जना पुरुष, कृष्णनगरनगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका पुरुष छन् । यशोधरा गाउँपालिकामा १६ वर्ष देखि ४८ वर्ष सम्मका पुरुष २६ र वर्ष २५ र १९ का महिला २ जना रहेका छन् ।

हालसम्म नेपालमा २ सय १९ जना कोरोना संक्रमणलाई जितेर आफ्नो घर फर्किएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...