कोरोनाबाट थप १ जनाको मृत्यु, कहाँ कतिको भयो मृत्यु ? सुचीसहित

Corona updet 31

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । हालसम्म १ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एकजना मृतकको कोरोना भाइरसको संक्रमण मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० जेठमा मृत्यु भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मृतक अर्घाखाँची भुमिका स्थानका पुरुष रहेको र जेठ १० गते निधन भएको जानकारी दिएका हुन् । उनी भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसअघि विभिन्न पाँच जिल्लाका पाँच जनाको संक्रमणबाट मृत्यु भइसककेको छ ।

संक्रमितको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको ।

२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।

३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।

४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।

५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि ।

६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...