आज १७० जना थपिँदा नेपालमा पुग्यो १२१२ जना कोरोना संक्रमितको संख्या

Corona update

काठमाडौं । आज एकै दिन नेपालमा १७० जना कोराना संक्रमित थपिएका छन् । यो सँगै आजसम्म नेपालमा १२१२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आज मात्रै १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ । शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् ।

हालसम्म २०६ जना कोरोना संक्रमणबाट मुक्त हुँदै घर फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...