मालबाहक ट्रक दुर्घटना हुँदा कटहरेका चालक तामाङको मृत्यु

Truck accident taplejung

ताप्लेजुङ । निर्माणधीन मध्य तमोर जलविद्युत् आयोजनाको सामग्री लिएर ताप्लेजुङ आउँदै गरेको मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ना ६ ख ८२६२ नम्बरको ट्रक बिहीबार दिउँसो फुङलिङ नगरपालिका–९ कटहरेमा दुर्घटना हुँदा ट्रकका चालक झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारीका २९ वर्षीय ज्ञानबहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

ट्रक सडकबाट करिव ५० मिटर तल खसेको छ । सहचालक भने सकुशल रहेका छन् । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...