बझाङ, दार्चुला र सोलुमा पनि भेटियो कोराना संक्रमण, नेपालमा १०४२ जनामा देखियो संक्रमण

Corona test logo

काठमाडौं । नेपालमा आज एकै दिन १ सय ५६ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नेपालमा बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

नेपालमा पहिलोपटक पहाडी जिल्लाहरु बझाङ, दार्चुला र सोलुखुम्बुमा पनि कोरोना संक्रमित भेटिएको छ । दोलखामा पनि नयाँ संक्रमित भेटिएको छ ।

नयाँ संक्रमितमध्ये सप्तरीमा १४ जना, झापामा २५, नवलपुरमा १ जना, धनुषामा २९ जना, रौतहटमा २० जना, महोत्तरीमा १७ जना र सर्लाहीमा ७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

सिरहामा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १, सुर्खेतमा १३, सुर्खेतमा परीक्षणका क्रममा ठेगाना नखुलेकी १ महिला, दैलेखमा ८ जना, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकवानपुरमा १, बर्दियामा ३ र बाँकेमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

कुल संक्रमितमध्ये हालसम्म १ सय ८६ जना निको भएर घर फर्किएका छन् । जसमा प्रदेश नं. १ मा ३० जना, प्रदेश नं. २ मा १ सय १ जना, वागमति प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ३८ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...