विरगञ्जको गण्डक अस्पतालबाट ४ जनाले कोरोना जिते

Chorona sick xhqpciwkm9

काठमाडौ । वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ४ जना संक्रमित बुधबार साँझ डिस्चार्ज भएका छन् । निको हुने संक्रमितमा २ पुरुष २ महिला छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदन कुमार उपाध्यायकाअनुसार संक्रमित सबै पर्साका हुन् ।

डिस्चार्ज हुने पुरुषमा २८  वर्षीय ऐजुला अन्सारी र २७ वर्षीय अर्मान अली रहेका छन् । ३२ वर्षीय नजरा खातुस र शाभम खातुस रहेका छन् । पछिल्लो ४ दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।यो सँगै देशभर कोरोना जित्नेको संख्या १ सय ८७ पुगेको छ ।  

प्रतिकृया दिनुहोस