कोरोना संक्रमणबाट मृत्यु भएका ललितपुरमा पुरुष लिभरका बिरामी

Corona test

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर –२२, बुङ्‌मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

नेपालमा उनीसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यससभन्दा पहिले सिन्धुपाल्चोकमा २९ वर्षीया महिला, बाँकेमा २५ वर्षीय युवक, गुल्मीमा एक जना शिक्षक र बारामा ७० वर्षीय वृद्धले कोरोनाबाट ज्यान गुमाएका थिए ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । ५५ वर्षीय ती पुरुष कलेजोका बिरामी पनि थिए । उनलाई गत जेठ १२ गते उक्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

कलेजोको उपचारका लागि किस्ट भर्ना भएपछि उनको स्वाब परीक्षण गरिएको थियो । अस्पतालले स्वाब लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगेको थियो ।

प्रतिकृया दिनुहोस