रुकुम घटना : थप एक जनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो

Rukum sab lokendra

पश्चिम रुकुम । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको लखेट्दा हराइरहेका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । अझैं २ जना बेपत्ता छन् ।

शनिबार गाउलेको कुटाईबाट नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको शव भेटिएको थियो । सो घटनामा परी गोविन्द सुनार, सञ्जु विक र गोविन्द शाही बेपत्ता थिए ।

बेपत्तामध्ये १८ वर्षीय लोकेन्द्र सुनारको शव गोताखोरको टोलीले भेरी नदिको कुटु भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको डिएसपी किशोर श्रेष्ठले बताए ।

योसँगै मृतकको संख्या ४ पुगेको छ । भेरी नगरपालिका वडा नं. ११ का गोविन्द शाही, वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शब यसअघि नै फेला परेको थियो ।

मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...