प्रादेशीक अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु

Seti hospital

कैलाली । सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा रहेका एकजनाको मृत्यु भएको छ । मंगलबार मात्रै भारतबाट फर्किका कैलालीको गौरीगंगा नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

अहिले मृतकको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ। उनको थ्रोट स्वाब संकलन गरिएको छ । सेती प्रादेशीक अस्पतालले उनलाई यसअघि नै अन्य रोग पनि रहेको जनाएको छ ।

सेती प्रादेशीक अस्पतालको इमरजेन्सीमा मंगलबार गरिएको उनको आरडीटी टेस्ट नेगेटिभ आएको थियो । आरडीटी नेगेटिभ आएपछि उनलाई सेतीको इमरजेन्सी वार्डबाट मंगलबार नै आइसोलेसनमा सारिएको थियो ।

मंगलबार दिउँसो उनलाई, गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...