प्रधानमन्त्री ओलीले दिए कोरोना भाइरससँग लड्ने यी पाँच सुत्र, आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता

Kp oli 12

काठमाडौं । यतिवेला विश्व नै कोराना भाइरसका कारण समस्यामा परेको छ । यसको औषधि तथा भ्याक्सिन नबन्दा विश्व नै त्रसित बनेको छ । यही बेला नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले भने कोरोना भाइरसको महामारीसँग जुध्न घरेलु उपाय अपनाउन सुझाव दिएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरू भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।’

प्रधानमन्त्री ओलीले हालसम्मका अपनाइएका उपायहरू सिकाएका छन् । ‘भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृद्धि गर्ने । सोचौँ हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रूपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरूमा किन समानता पाइन्छ ?’ उनले भने, ‘किनकि त्यसमा औषधीय तत्व छ । हाम्रा पूर्वजहरूले हजारौँ वर्ष अगाडिदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा अघि सारेका र हाम्रा भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुऱ्याइरहेका छन् । तसर्थ निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु ।’

निरोगी नेपाल निर्माणका लागि पाँच कार्य गर्न आग्रह गरेका छन् । देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री केपी अ‍ोलीले अगाडि सारेका पाँच सूत्र हुन् :

– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ ।
– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र श्वास–प्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
– तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।
– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
– पाँचौँ, उच्च मनोबल कायम राखौँ । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधिका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ ।

प्रतिकृया दिनुहोस