ट्रकले किच्दा राँके बजारमा प्रहरी हवल्दार बस्नेतको मृत्यु

Accident logo

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके बजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

इलामदेखि पाँचथरतर्फ आइरहेको राँके बजार नजिकै मे १ ख १८६३ नम्बरको ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा प्रहरी चौकी राँकेका प्रहरी हवल्दार नबिन बस्नेतको मृत्यु भएको हो । ट्रक चालक कमलप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा अर्जुधारा घर भएका ३७ वर्षीय बस्नेत मे ११ प ४६६ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा खटिएका थिए । दुर्घटनामा परी बेहोस बनेका बस्नेतलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...