धनकुटाका घर दैलोमै पुग्न थाल्यो तरकारी र अत्यावाश्यक सामाग्रीहरु

Dkt tarakari

धनकुटा । धनकुटामा लकडाउन थप कडा बनेपछि घर घरमा तरकारी, दुध लगायतका अत्यावाश्यक वस्तुहरु धनकुटा बजारका उपभोक्ताहरुको घर घरमा लगेर बिक्री गर्न थालिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा शनिबारदेखि धनकुटा बजारका व्यवसायीहरु घरघरमा पुगेर तरकारीसहति दैनिक उपभोग्य सामाग्री बिक्रि वितरण गर्न थालेका हुन् ।

शनिबार ४ वटा पिक अफ गाडीहरुबाट ताजा तरकारी, दुधलगायत अत्यावाश्यक वस्तु तथा सामाग्रीहरु बिक्री गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

कृषकहरुले उत्पादन गरेको तकारी तथा दुध लगायत अत्यवाश्यक समाग्रीहरु लक डाउनका कारण विक्रि वितरण गर्न ठूलो समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले समन्वय गरी कृषक र उपभोक्ताहरुलाई समेत सहज हुने भएकाले घरघरमै पु¥याउन थालिएको संघका महासचिव रामबहादुर गोङ्वा तामाङल बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...