राहत वितरणमा हिड्ने भक्तपुरकी महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण

Corona test logo

भक्तपुर । काठमाडौं । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

उनी नेपालमा कोरोना भित्रिएपछि र लकडाउन सुरु भएपछि जनतालाई राहत वितरण लगायतका काममा सक्रिय थिइन् । त्यही क्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । उनको घरमा श्रीमान र छोरा छोरी छन् । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘सुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर सबैको सल्लाह अनुसार पाटन अस्पताल लगिएको छ ।’ उनले बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने सुरु गरिएको र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम गरने बताइन् ।

यीसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय १६ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस