फेरि ९ जनामा भेटियो संक्रमण, नेपालमा पुग्यो ५१६ जना

Corona test

काठमाडौं । कोरोना भाइरसको संक्रमण थप ९ जनामा पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार संक्रमितको संख्या ५१६ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

त्यसैगरी मकवानपुरकी ५४ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षकी महिलामा पनि कोरोना पुष्टी भएको छ । आज संक्रमित भएका सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...