स्थानीय तहको पहलमा फर्काउन थालियो प्युठानीलाई, ८ सयको गरियो उद्धार

Pyuthan 9

प्युठान । नेपाल–भारत सीमा क्षेत्र कृष्णनगर नाकामा आएर अलपत्र परेका नागरिकहरूलाई उद्धार गरी प्युठान ल्याइएको छ । भारतका विभिन्न ठाउँबाट आएर सीमा क्षेत्रमा फसेका प्युठानका आठ सय नागरिकहरूलाई उद्धार गरी प्युठान ल्याइएको हो ।

स्थानीय तहको पहलमा ७ सय ९६ जनालाई बिहीबार प्युठान ल्याइएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिकाका १ सय ७७ जना र प्युठान नगरपालिकाका १ सय २४ जना, मल्लरानीका ५५ जना, ऐरावतीका २ सय ३ जना, गौमुखीका ४ जना, झिमरुकका ६० जना, माण्डबिका १ सय २५ जना, नौबहिनिका ३३ जना र सरुमारानी गाउँपालिकाका १ सय १५ जनालाई प्युठान ल्याइएको छ ।

नेपाल ल्याइएका सबैको स्वास्थ्य परिक्षणसमेत गरिने छ । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै आ—आफ्नो घरतर्फ जाने दिइनेछ । स्थानीय तहले तयार पारेको तथ्याकंअनुसार प्यूठानबाट रोजगारीका लागि भारत गएका नागरिकहरुको संख्या झण्डै ३७ हजार छ ।

निशान न्युजले लकडाउनका कारण भारतमा बेखर्ची भएपछि घर हिडेका उनीहरुको सीमानाकामा अलपत्र परेको समाचार सार्वजनिक गरेपछि स्थानीय तहले उद्धार गर्न पहल गरेका थिए । सीमानामा अलपत्र परेका नागरिकलाई आफ्नो ठाउँमा ल्याउन नौ वटै स्थानीय तहले सीमानासम्म गाडी पठाएर नागरिक ल्याउन थालेको झिमरुक –८ का वडाअध्यक्ष तुलस बस्नेतले बताए ।

यसरी सीमा क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकलाई ल्याउन स्थानीय तहले स्थापना गरेको राहत कोषबाट भाडा तिर्ने गरेका छन् । कार्यपालिका बैठकको निर्णयअनुसार नै अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्न थालिएको ऐरावती गाउँपालिका अध्यक्ष नबिलबिक्रम शाहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...