फेरि २० जनाका कोरोना संक्रमण पुष्टि, नेपालमा पुग्यो ५०७ जना

Corona update

काठमाडौं । शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । अब संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

केही समययता कोरोनामुक्त भइसकेको सुदूरपश्चिममा फेरि संक्रमण देखिएको छ । आज एकै दिन कैलाली, डडेल्धुरा र बैतडीमा नयाँ संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कोरोना संक्रमण पुष्टि भएकाहरुमा कैलालीमा ३, डडेल्धुरामा १, बैतडीमा १, मोरङमा १ र बाँकेमा १३ जना छन् । हालसम्म कुल संक्रमितमध्ये ४३३ जना पुरुष र ७४ जना महिला रहेका जानकारी दिए ।

डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीमा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका देवकोटाले बताए। उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएको छ । मोरङका एक जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस