नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने

Cabinet meeting 1 30

काठमाडौं । सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सा कार्यान्वयनमा ल्याउन संविधान संशोधन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव गर्ने निणर्य गरेको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरे पनि संविधानमा नभएपछि त्यसले वैधानिकता पाउँदैन ।

सरकारले बिहीबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको हो । संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धि व्यवस्था छ ।

भारतद्वारा अतिक्रमित भूमि समेटेर हालै जारी गरिएको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस