थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७

10rwmzi4mgskcpy3hm9t

काठमाडौँ । कोरोना संक्रमितको संख्यामा थप वृद्धि भएको छ । शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका-६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये अहिलेसम्म ४९ जना निको भएका छन् । बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज हुँदैछन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...