कोरोनालाई जितेर ८ जना भए कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

Koshi hospital covid 19

विराटनगर । कोशी अस्पतालमा उपचारत ८ जना निको भएपछि डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेकामध्ये ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका स्थानीय आज डिस्चार्ज भएका हुन् ।

अस्पतालका डाक्टर डेनप्रसाद आचार्यका अनुसार ५ जना भारतीयत जमातीहरु बैशाख ५ गते कोरोना पुष्टि भएर आइसोलेनमा भर्ना भएका थिए । उदयपुरको भुल्केका स्थानीय बैशाख ९ र १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेनमा उपचारत थिए ।

पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु ८ जनालाई नै आज अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

आज डिस्चार्ज भएका ५ जना भारतीय रानी मस्जिदमा १४ दिन क्वारेन्टाइमा बस्ने छन् भने ३ जना भुल्केका स्थानीय आफ्नै घरमा सेल्फ क्वारेन्टाइमा बस्ने छन् । बैशाख ५ गते एकैदिन संक्रमण पुष्टि भएका १६ जनामध्ये अब एकजना नेपाली मात्र आइसोलेनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...