धनकुटामा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

Dhankuta hospital

धनकुटा । एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको दुई दिपछि धनकुटाका ५ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको पाइएको छ ।

जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया स्टाफ नर्सलाई आईतबार मात्रै कोरोनाको संक्रमण भेटिएको थियो । सो लगत्तै उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाइएको थियो ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । ५ जना नै स्थास्थ्यकर्मी रहेको बताइएको छ ।

संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंकामा अस्पतालमा उपचाररत ७ जना बिरामी, ३ जना कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारका सदस्यको स्वाब परीक्षणका लागि पठाईएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए ।

आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबारदेखि नै धनकुटा अस्पताललाई चारकिल्ला तोकर सिल गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...