संक्रमितको कन्ट्याक ट्रेसिङमा खटिएका चिकित्सकमै संक्रमण

Corona 6

काठमाडौं । कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा खटिएका एक डाक्टरमा पनि संक्रमण फेला परेको छ । नेपालमा डाक्टरमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

उनी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत छन् । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिँदै आएका थिए , उनी ललितपुरका हुन् । उनी पछिल्लो पटक कपिलवस्तु देखिएको संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएका थिए ।

यसभन्दा अगाडि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्समा मात्र संक्रमण भएको पाइएको थियो ।

प्रतिकृया दिनुहोस