अब लक्षण नदेखिएकाले पनि सशुल्क कोरोना परीक्षण गर्न पाउने

10rwmzi4mgskcpy3hm9t

काठमाडौं । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा अब जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन् । विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने व्यवस्था मिलाएको उनले बताए ।

‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं,’ उनले भने । यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने लक्ष्य लिएको देवकोटाको भनाइ छ । उनका अनुसार कोरोना परीक्षण गर्न चाहनेले न्यून शुल्कमा जाँच गर्न पाउने छन् ।

यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो ।

प्रतिकृया दिनुहोस