उपत्यकामा ५ सहित थपियो २७ जना संक्रमित, पुग्यो ४०२ जना

Corona update

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामा सहित २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन् । ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो ।

झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...