कर्णाली र खोटाङ छिर्‍यो कोरोना, नेपालमा ३७५ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।

आज मात्रै नेपालमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमित संख्या हो ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । त्यसैगरी प्रदेश नं. १ को खोटाङमा पनि कोरोना संक्रमित भेटिएका छन् । धनुषा, बाँके र सुनसरीमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस