मंगलबारदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी खुल्ने

Bp koirala dharan

धरान । लामो समयपछि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा मंगलबारदेखि खुल्ने भएको छ ।

विश्वभर महामारीको रुप लिएसँगै नेपालमा लकडाउन सुरु भएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द भएको थियो । ओपिडी सेवा बन्द हुँदा लाखौं विरामीले थप समस्या भोग्न बाध्य भएका थिए ।

प्रतिष्ठानले सोमबार सुचना जारी गर्दै मंगलबारदेखि विगतमा झैं ओपिडी सेवा सञ्चालनमा आउने उल्लेख गरेको छ । प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर शाहद्धारा हस्ताक्षर गरी जारी गरिएको सुचनामा उपचारका लागि आउने विरामीले मुख्य गेटबाटै टोकन लिनुपर्नेछ । सोही टोकनका आधारमा उपचार हुनेछ ।

सो प्रतिष्ठानले बढ्दो कोरोनाको संक्रमणलाई नियन्त्रणका लागि सबैलाई मास्क अनिवार्य गरेको छ । उपचारका लागि आउने विरामी र भिजिटरका लागि माक्स अनिवार्य गरिएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस