चार दिनअघि दिल्लीबाट विराटनगर आएका युवकमा कोरोना संक्रमण

Corona 6

विराटनगर । आज नयाँ थपिएका कोरोना संक्रमित मध्येका एक युवक मोरङको रतुवामाई नगरपालिकाका भएको पुष्टि भएको छ ।

उनी चार दिनअघि भारतको दिल्लीबाट नेपाल आएका थिए । ती युवकले नेपाल आएपछि परीक्षणअघि नै परिवार र स्थानीयसँग भेटघाट गरेको पाइएको छ ।

विराटनगरस्थित प्रादेशिक प्रयोगशालमा गरिएको परीक्षणमा २४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो । परिवारसहित सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

सोमबार संक्रमण पुष्टि भएको युवकसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । हालसम्म उदयपुरमा ३३, झापामा २, धनकुटा र भोजपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै गरी प्रदेश १ मा संक्रमितको सख्या ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...