आज एकै दिन थपियो ५३ जना संक्रमित, नेपालमा पुग्यो ३५७ जना संक्रमित

10rwmzi4mgskcpy3hm9t


काठमाडौं । बाँके र गुल्मीमा गरी थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।

त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ ।

बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले जनाएको छ । आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरु ४७ जना बाँकेका, गुल्मी, धनुषा, मोरङ, रौतहट, दाङ र धादिङमा पनि संक्रमित थपिएका छन् । संक्रमितहरु १८ देखि ४७ वर्षसम्मका रहेका डा. देवकोटाले जानकारी दिए ।

हालसम्म ३० हजार ७२३ पीसीआर, ६९ हजार ५६० आरडीटी परिक्षण भएका छन् भने बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण भएको छ । बितेको २४ घण्टामा परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण भएको डा. देवकोटाले बताए । 

प्रतिकृया दिनुहोस