भारतले नेपाललाई दियो ३० हजार पीसीआर टेस्ट किट

Pcr kit tjizxleehg

काठमाण्डौ । भारतले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ ।  भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराएका हुन् ।

माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ । पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफैँ पनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले कोरोना भाइरसविरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन समेत राजदूत क्वात्रालाई आग्रह गरे ।

भारतले गत वैशाख १० गते कोरोना भाइरस सङ्क्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...