स्वयंसेवाका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

1770225422narayankarki

काठमाडौं । नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन् । कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको एसएसपी ज्ञवालीले बताए ।

गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेको भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो । गृहकै निर्देशन अनुसार ती युवालाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...