रौतहटमा थपियो १० जना संक्रमित, नेपालमा २९१ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । रौतहटमा एकै दिन थप १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ जन पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा –९ का एकै गाउँका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १८,३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन् । रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...