कोरोनाबाटै सुत्केरीको मृत्यु, संक्रमितको संख्या पुग्यो १८१

Corona update

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट नोपालमा पहिलोपटक मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो ।

ती सुत्केरी महिलाको मृत्युको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप अध्ययनपछि मात्रै प्रष्ट्याउने बताएको थियो ।

अहिले साँझ ८ः५० मा विज्ञप्ती जारी गर्दै परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । मन्त्रालयले यसलाई कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको घोषणा गरेको छ ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो । २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

यता, आज फेरि २ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ । आज थपिएकाहरुमा धनुषा निवासी २० र ६५ वर्षीय पुरुष छन् । हालसम्म २ सय २६ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस