शनिबार बिहान ६ जनामा कोराना पुष्टि, नेपालमा २७३ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । शनिबार नेपालमा ६ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार शनिबार विहान ६ जना नयाँ संक्रमित भेटिएका हुन् । राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षीय महिला, सिरहा सखुवाका ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला र चितवनको गढौलीका २५ वर्षीय महिलाका कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...