उद्योग बाणिज्य संघद्धारा राजारानी र मौनावुधुकका बजारमा अनुगमन

Dkt news 1

धनकुटा । कोरोना भाईरस नियन्त्रणको लागि धनकुटा उद्योग बाणिज्य संघले आज चौविसे गाउँपालिकाको राजारानी बजार र मौनावुधुक बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अनुमगमन टोलीले स्थानीय जनप्रतिनिधिहरुसँग पनि भेटघाट गरी परार्मश गरेको छ ।

धनकुटाको चौविसे गाउँपालिकाको राजरानीमा चौविसे गाउपालिकाका,अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, प्रमुख प्रशासकीय अधिकृत शसी राई, लेखा अधिकृत सोभित तुम्बा लगायतसँग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य परिर्वतनराज पौडेल, नेपाल पत्रकार महासंघका सहसचिव हरीबहादुर लम्जेल, पत्रकार इश्वर थापा लगायतले भेटघाट गरे ।

अनुगमन टोलीले चौविसे गाउँपालिका क्षेत्रभित्र दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरुको आर्यात र निर्यातको तथा बजारको अवस्थाको बारेमा जानकारी लियो । भेटमा जनप्रतिनिधिहरुले चौविसे गाउँपालिकाका बजार क्षेत्रमा कुनै समस्या नभएको बताए ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिन र व्यापारी, व्यावसायीहरुको समस्या र दैनिक उपभोग्य सामाग्रीहरु अर्यात तथा निर्यातमा समस्या भएमा सहजीकरण गरिने बताए ।

धनकुटा उद्योग बाणिज्य संघको उक्त टोलीले राजरानी बजार र मौनावुधुक बजारका केही पसलहरुमा नमुनाको रुपमा अनुगमनसमेत गरी व्यापारी तथा उपभोक्ताहरुलाई केही माश्क, सेनिटाइजर उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...