टिचिङ अस्पतालका संक्रमितको सम्पर्कमा रहेका ३८ जना क्वारेन्टाइनमा

Tiching hospital

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमितको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षण थालिएको छ ।

न्युरो वार्डमा भर्ना भएकी कपिलबस्तुकी ६ वर्षीया बालिकाको उपचारमा संलग्न चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्ससहित अन्य कर्मचारी र आफन्तसमेत गरेर ३८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । संक्रमित बालिकासँगै रहेका अन्य बिरामीलाई भने आइसोलेसनमा राखिएको छ ।

संक्रमित रहेको वार्ड बिहानैदेखि सिल गरिएको छ भने अन्य बिरामीलाई इमरजेन्सीबाहेकको क्षेत्रमा प्रवेश रोकिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...