धनुषामा थप २ जनामा कोरोना संक्रमण, नेपालमा २१९ पुग्यो

Corona update

धनुषा । धनुषामा थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलबार मात्रै जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।

३४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस