भक्तपुरमा कोरोना संक्रमित : आरोग्य अस्पतालकी स्टाफ नर्स

Corona nurse

भक्तपुर । कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरका दुई जनामध्ये १ जना शसस्त्र प्रहरी र एक जना युवती स्टाफ नर्स भएको खुलेको छ ।

मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो ।

उनको घर सुनसरीको रामधुनी नगरपालिका झुम्का हो । उनी भक्तपुरको सल्लाघारीमा कोठा लिएर बस्दै आएकी थिइन् । तर उनी थिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएकी थिइन् । उनकी रुम पार्टनर भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत एकजना स्टाफ नर्स नै रहेको खुलेको छ ।

गत वैशाख २५ गते उनी मोटरसाइकलबाट भक्तपुर आएकी हुन् । उनलाई मंगलबारै राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।

आरोग्यकी स्टाफ नर्समा कोरोना देखिएपछि मानव अंग प्रत्यारोपण केन्द्रका सबै चिकित्सक र स्वास्थ्यकर्मीको र्‍यापिड टेस्ट गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...