नेकपाका नेता रावलका पूर्व अंगरक्षकमा कोरोना संक्रमण रहेको खुलासा

Corona test

काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको पाइएको छ ।

मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएका २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए ।

सशस्त्र प्रहरी बलको निलबाराही गणमा कार्यरत उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । सामान्यतः सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी हिड्ने गाडीमै नेता रावल हिड्ने गरेको समेत पाइएको छ । 

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् । दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...