कोराना परिक्षण अब १५ मिनेट मै !

Corona new test 15 minet

काठमाडौं । कोरोना भाईरस संक्रमणको विश्वब्यापी महामारी जारी रहेको अहिलेको अवस्थासम्म प्रयोगात्मक उपचार मात्रै उपलब्ध छ । अचुक औषधिको विकास भैसकेको छैन । यद्यपी विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरुले कोरोना भाईरसको अचुक औषधि पत्ता लगाउने प्रयास भने गरिरहेका छन् ।

तर अहिलेका लागि अर्को मुख्य समस्या हो, संक्रमितको परीक्षण । छोटो समयमा र सस्तो मुल्यमा कोरोना परीक्षण अहिलेको मुख्य माग हो । यसका लागि विश्वका थुप्रै मुलुकहरुमा थुप्रै प्रयासहरु पनि भैरहेका छन् ।

यसै सन्दर्भमा अमेरिकी सरकारले एन्टीजन टेस्ट प्रविधिलाई मान्यता दिएको छ । छोटो समयमा धेरै संख्यामा कोरोना संक्रमितको परीक्षण गर्न सकिने दावी गरिएको एन्टीजन टेस्ट प्रविधिलाई अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए० ले परीक्षणका लागि मान्यता दिएको हो ।

मुल्यका हिसाबले पनि सस्तो भनिएको यो प्रविधि सेन डियागोको क्युडेल कर्पोरेशनले विकास गरेको हो । एन्टीजन प्रविधिले नाकबाट लिईएको स्वाबको नमुना परीक्षण गर्छ । यो प्रविधिले स्वाबमा कोरोना भाईरसको प्रोटिनको अंश रहे नरहेको १५ मिनेटमा पत्ता लगाउँछ ।

हाल प्रचलनमा रहेका परीक्षण विधिहरु भन्दा नितान्त फरक भनिएको एन्टीजन टेस्टले संक्रमितमा रहेको कोरोना भाईरसको प्रोटिनको कणलाई छिट्टै पत्ता लगाउने वैज्ञानिकहरुले पनि स्विकारेका छन् । डाक्टरहरुले यो विधिलाई फ्लु लगायतका संक्रमणको परीक्षणमा प्रयोग गर्दै आएका छन् ।

अमेरिकामा लकडाउन खुकुलो पार्ने नीति लागु गरिएको अहिलेको अवस्थाका लागि यो प्रविधि उपयुक्त हुने विशेषज्ञहरुले प्रतिकृया दिएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस