नेपाल पत्रकार महासंघका पदाधिकारीसहित ४ जना पत्रकारमा देखियो कोरोना संक्रमण

Covid 19 corona lab 1024x682

काठमाडौँ । नेपाल पत्रकार महासंघका ४ जना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पर्सामा ३९ संक्रमितमध्ये नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीसहित ४ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मंगलबार वीरगन्जमा एकैदिन ५७ जना संक्रमित थपिएका थिए ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो । चैत ३१ मा तीन जनामा पहिलो संक्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका ४ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो । जसमा ३९ जना पर्साका मात्र छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...