५० दिनपछि शेयर बजार खुल्दै, दिनमा २ घण्टा सञ्चालन हुने

Nepse bilding

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट बन्द भएको सेयर बजार ५० दिनको अन्तरालपछि मंगलबारदेखि खुल्ने भएको छ ।

आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर बजार सुचारु हुन लागेको हो ।

बोर्डले नेप्सेमा कोरोना प्रभाव रहेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । ब्रोकरले क्लाइन्टलाई भुक्तानी गर्दा अनिवार्य विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाइन्टले ब्रोकरलाई भुक्तानी गर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

दिनमा २ घण्टा मात्रै सञ्चालन हुने सेयर बजारका लागि नेप्सेले लगानीकर्ताको गुनासो समाधान गर्न सहायता कक्षको व्यवस्था गरेको छ ।

असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सेयर बजारबाटै आफ्नो दैनिकी चलाउँदै आएका लगानीकर्तालाई ध्यानमा राखेर अनलाइनमार्फत मात्रै कारोबार हुने सेयर बजार खोल्न लागिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले बताए । अनलाइनबाट कारोबार गर्दा ब्रोकर कार्यालयमा जानु पर्दैन । सेयर खरिद सेटलमेन्टलगायतका सबै कार्य अनलाइनमार्फत नै हुने उनले बताए ।

नेप्सेको आजदेखि खुल्ने सेयर कारोबारमा १ प्रतिशत पनि लगानीकर्ता आबद्ध नहुने नेपाल इन्भेस्टर फोरका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार अनलाइनमा आबद्ध नभएका लगानीकर्ता २० लाख छन् । अनलाइनमा आबद्ध २० हजार जति छन् ।

उनले अन्तर्राष्ट्रिय दबाब आयो भन्दै बजार खोल्नुको औचित्य नरहेको दावी गरे । उनले अनलाइन प्रणाली अन्र्तराष्ट्रिय स्तरको नभएकाले लगानीकर्ता पूर्णरूपमा अनलाइनमा आबद्ध हुन नसकेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...